सर्वेन्द्र खनाल र शैलेन्द्र खनालले आज दर्जयानी चिन्ह फूली लगाउदै

चैत २९ , काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले आज दर्जयानी चिन्ह फूली प्राप्त गर्दै हुनुहुन्छ । अहिले केही बेरमा गृहमन्त्रालयमा एक समारोहका बीच उहाँहरुलाई गृह सचिव प्रेमकुमार राईले फुली लगाइदिने तय भएको छ । नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण हिजोदेखि अवकाश पाएकाले खनालद्धयलाई सरकारले मंगलबार बेलुकी महानिरीक्षकमा नियुक्त गरेको थियो । नयाँ महानिरीक्षकले हिजोबाट नै आ–आफ्नो कार्यभार सम्हाल्नुभएको छ । नेपाल प्रहरीका वर्तमान महानिरीक्षकसँगै १५ जना अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी , ९ जना प्रहरी नायब महानिरीक्षक डिआइजी सहित एकजना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीले अवकाश पाउनुभएको छ ।