गुण्डा नायके गणेश लामा जेल चलान

 

काठमाडौ चैत २६ — चर्चित गुुण्डा नायके गणेश लामालाइ थुनामा पठाइएको छ । गौलाशाबाट पेस्तोलसहित पक्राउ परेको लामालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
फागुन ३० मा गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत, गौशालाको टोलीले गुण्डा नाइके गणेश लामालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि डिल्ली बजार कारागार चलान गरिएको हो ।  उनलाई इजाजत विना गैरकानूनी रुपमा हातहतियार लिई हिडेको कसुरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सोमबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।