जनजाति महासंघद्धारा आन्दोलनको घोषणा, यस्तो छ कार्यक्रम सुची

चैत २६, काठमाडौं –आदिवासी जनजाति महासंघले सांस्कृतिक पर्वका विदा कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ ।

महासंघले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक विदा कटौती गर्ने निर्णय फिर्ता लिन माग गर्दै आन्दोलन घोषणा समेत गरेको हो ।

ठूलो संघर्ष र वलिदानीबाट प्राप्त भएको सांस्कृतिक पर्वका सार्वजनिक विदा कटौती गरिएको भन्दै महासंघका अध्यक्ष जगत बरामले निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

आन्दोलनका कार्यक्रम अनुसार चैत्र २७ गतेदेखि बैशाख ३ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओली तथा मुख्यमन्त्रीहरुलाई ज्ञापन पत्र बुझाउने, देशभर विरोध, प्रर्दशन, धर्ना दिने लगायत छन् ।