‘भारतसँग नमूना सम्बन्ध चाहन्छौँ ’—प्रधानमन्त्री

काठमाडौ, चैत २४ —प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमूना सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन । हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले २१ औँ शताब्दी अनुकुलको र विश्वासमा आधारित सम्बन्ध नेपालको प्राथमिकतामा रहेको बताए ।
ओलीले भारतसँग व्यापार घाटा कम गर्ने बिषयमा मोदीसँग विस्तृत कुराकानी गरेको पनि बताए । उनले दुई वर्ष अगाडि भारतसँग सम्बन्ध चिसिए पछि आफुु र मोदीबीच भएका कुराकानीको स्मरण गराएका थिए । उनले दुई वर्षयता नेपालले राजनीतिक परिवर्तन गरेको र सामाजिक, आर्थिक रुपान्तरणको यात्रा प्रारम्भ गरेको बताए । ओलीले जलविद्यूतमा सहकार्यका लागि भारतका सरकारी र नीजि क्षेत्रलाई आह्वान समेत गरे ।

भारतसँग व्यापार घाटा कम गर्ने बिषयमा मोदीसँग विस्तृत कुराकानी गरेको पनि बताए ।