काठमाडौ, चैत्र २२ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठकले बैशाख ९ गते एकता गर्ने गरी दुवै पार्टीले तयारी तीव्र पार्ने, दुवै कार्यदलको प्रतिवेदनलाई सकारात्मक रुपमा लिने निर्णय गरेको छ ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएपछि प्रतिवेदनमाथि थप छलफल गर्ने निर्णय गरेको छ ।
बैशाख ९ मा पार्टी एकताको तयारी तीव्र पार्ने एकता संयोजन समितिको निर्णय
