मगन्ते हटाइएपछि भेटिएनन् भात खाने मान्छे

काठमाडौं –  पशुपति क्षेत्रबाट फुटपाथका मगन्तेलाई स्थानान्तरण गरिएपछि मगन्तेको पेटमा तातो भात परोस् भन्ने मनसुवाका साथ दाताद्वारा राखिएका सदावर्त गुठीको भान्सामा भात खाने मानिस नै हुन छाडेको छ ।

दैनिक ४० जना मगन्तेका लागि भाग पकाइँदै आएको बज्रघरको भान्सामा भात खाइदिने मानिस पाउनै छाडिएको छ ।

तत्कालीन प्रधानमन्त्री रणोद्वदी सिंहले खडा गरेको यो सदावर्तमा घीउले झानेको दालसहित भात, तरकारी र अचारको व्यवस्था छ ।

खाना खाइसकेपछि सुपारी, ल्वाङ, सुकुमेलसमेत दिइने गरिन्थ्यो । आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।

शुक्ल पक्षको सप्तमी तिथितमा तात्तातो खीर भोजन गराउन, सप्तमी श्राद्ध गुठी र राजराजेश्वरीमा दालभात, तरकारी अचारसहितको भोजन गराउने गोतामे गुठीको भान्सामा पनि भात खाइदिने मान्छे पाइन छाडेको छ ।