सरकारले कर्मचारीकोहरुको विदेश भ्रमणमा कडाई गर्ने

इमेल खवर, चैत २० काठमाडौं— सरकारले बनाएर कर्मचारीकोहरुको विदेश भ्रमणमा कडाइ गर्ने तयारी गर्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले विदेश भ्रमण सम्वन्धी कार्यविधि अघि बढाएको छ । कर्मचारीहरुको विदेश भ्रमणका नाममा विकृति देखिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कडाइ गर्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री कार्यालयकै सचिव प्रेमकुमार राईको संयोजकत्वमा समिति नै गठन गरिएको छ । यसको १५ दिने म्याद दिइएको छ । समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा कार्यविधि बनाइनेछ ।

कर्मचारीहरुको तालिम तथा अध्ययन भ्रमणमा जाने व्यवस्था गर्न समिति गठन गर्ने व्यवस्था छ । निजामती सेवा ऐनको दफा ४० ‘ख’ बमोजिम छात्रवृत्ति समिति गठन गरेको छ ।