चैत्र २०, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने, कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।’
जलमार्ग भन्नासाथ मानिसहरु छक्क पर्ने गरेको भन्दै उनले गंगाको बाटोबाट सामान ल्याउन सकिन्छ भनेर मूर्त रुपमा छलफल गर्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए ।
आतंकवाद लगायतका कतिपय साझा मुद्दाहरु रहेको भन्दै उनले भारतका जायत चासो सम्बोधन गर्न सरकार तयार रहेको सदनलाई जानकारी दिए ।