रहेनन पुर्व गृहमन्त्री खुमबहादुर खड्का

काठमाडौं— पुर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएकोछ । भारतको दिल्लीस्थ्ति अपोलो अस्पालमा उनको उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका हुन् ।
खुमबहादुर खड्का छाति, नसा र मिर्गौला रोग बाट पीडित थिए । उनको पार्थिव शरिर नेपाल ल्याउने भन्ने विषयमा पार्टी र परिवार बिच छलफल भएकोछ । मिर्गौला प्रत्यारोपण गरेका उनको स्वास्थ्यमा समस्या देखिएकापछि फागुन पहिलो साता नया दिल्ली उपचारका लागि लगिएको थियो । मंगलबार उनको स्वास्थ्य स्थीति गम्भीर देखिएको थियो ।