सरकारले राष्ट्रिय दिवस ‘नेपाल डे’ को रुपमा असोज ३ गते लाई मनाउने

काठमाडौँ -सरकारले राष्ट्रिय दिवस ‘नेपाल डे’ को रुपमा असोज ३ गते लाई मनाउने निर्णय गरेको छ । संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बाँस्कोटाले मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको बताए । ०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएको थियो । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा यसअघि मनाउने गरिएकोमा जनआन्दोलन ०६२ र ६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो । अब भने सरकारले गणतन्त्र दिवस, प्रजातन्त्र दिवस, सहिद दिवस, लोकतन्त्र दिवस, एकता दिवस लगायत का विदा कटौती गर्दै असोज ३ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।
नेपाल समाचारपत्रबाट