प्रधानमंत्री ओलीले भने – शान्ति कायम गर्न सवैको सहयोग आवश्यक


चैत्र १५, काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल जैन परिषदले राजधानीमा आयोजना गरेको कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले सरकारको एकल प्रयासले मात्र समाजमा शान्ति कायम गर्न कठिन हुने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । देश निर्माणकै लागि संघीयता र लोकतान्त्रिक गणतन्त्र स्थापना गरिएकोले यसको प्रवद्र्धनमा सबै लाग्नु पर्ने उहाँको भनाइ थियो ।