कर्मचारीले काममा अटेर गरे सरकारले कारबाही गर्ने

चैत, ११ काठमाडौं—सरकारले तोकेको क्षेत्रमा काम गर्न अटेर गर्ने कर्मचारीलाई तत्कालै कारवाही गर्ने जनाएकोछ । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले तोकेको स्थानमा काम गर्न जान अटेर गर्ने कर्मचारी विरुद्ध हाजिरी र तलब भत्ता रोकिने बताएका छन् ।
रेडियो कान्तिपुर संग विहान कुरा गर्दै उनले यसो भनेका हुन् । सरकारी सेवा सुविधा लिएर कर्मचारीहरु तोकिएको ठाउमा जान पाइन्न भन्न नमिल्ने तर्क गरे । कर्मचारीले चाहि सरकारले विधी र प्रक्रिया पुरा नगरी हचुवाका भरमा सरकारले बलजर्बजस्ती आरोप लगाएको बताए । सह—सचिव र उपसचिव स्तरका कर्मचारीलाई चाहि वढुवा गर्ने तर, तल्लो तहका कर्मचारीलाई सरकारले जर्वजस्ती गर्न खोलेको कर्मचारीको आरोप छ ।