चित्लाङ मनि ट्रान्सफरबाट करिव ८ लाख चोरी

चैत्र ९, मकवानपुर – गए राती मकवानपुरको थाहा नगरपालिका ९ स्थित चित्लाङ मनि ट्रान्सफरमा चोरी भएको छ । मनि ट्रान्सफरबाट करिव ८ लाख चोरी भएको अनुमान गरिएको छ । राती २ बजे तिर सो घटना भएको र सुरक्षागाडले साँढे २ बजे तिर थाहा पाए पछि स्थानियहरुलाई खबर गरेका थिए । घटनास्थलबाट १५ मिनेटको दुरीमा प्रहरीचौकी रहेको छ । घटना पछि प्रहरीमा खबर गरेपनि विहान ५ बजे पुगेको प्रहरीले कुनै अनुसन्धान नै नगरी फर्किएको र अहिले पुनः अनुसन्धान गरिरहेको स्थानिय राजन बलामीले जानकारी दिए ।
पछिल्ला दिनहरुमा यस वडामा श्रृंखलाबद्ध रुपमा चोरीका घटना हुँदै आएका छन् । केहि समय अघि मात्रै यहाँ रहेको एक सहकारी पनि लुटिएको थियो भने मन्दिरको घण्टा पनि चोरीएको थियो । वडा कार्यालय नै पटक पटक तोडफोड भएको छ । यसरी चोरीका घटनाहरु वढीरहेका भएपनि नगरपालिका नजिकै रहेको प्रहरीले अहिले सम्म कुनै पनि घटनामा संलग्नहरुलाई पक्राउ गर्न नसकेको स्थानियवासीहरुले बताए ।
पछिल्लो घटनामा पनि पुरानै गिरोहहरु संलग्न भएको आशंका गरिए पनि अहिले सम्म अपराधी को हो भन्न सकिने अवस्था नरहेको बताइएको छ । चोरी भएको रकम पनि कति हो ठ्याक्कै भन्न नसकिए पनि ७ देखि ८ लाख जति चोरी भएको हुन सक्ने अनुमान सुरक्षा गार्डको छ ।