पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्रको निर्देशन : ‘चिनिया जहाज जति सक्दो छिटो उडाउ’

चैत, ६ काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीको नवनियुक्त मन्त्रीहरुले कामको गति बढाउन थालेका छन् । जसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारी समक्ष नेपाल वायु सेवा निगमको व्यवस्थापन समुहले त्रिभुवन विमानस्थलमा लामो समयदेखि थन्केर रहेका जहाज १० दिन भित्र उडाउने प्रतिबद्धता जाहेर गरेका छन् ।
सोमबार बसिएको बैठकमा मन्त्रीलार्य ब्रिफिङ गर्ने क्रममा निगमका अधिकारीहरुले चिनीया जहाजबारे चासो राखेका थिए । त्यसपछि निगमका उच्च अधिकारीहरुले १० दिनभित्र उडाउने प्रतिबद्धता दिएका हुन् । हाल सम्म निगम समक्ष ६ वटा चिनिया जहाज छन् । जस मध्ये, ४ वटा जहाज पाइलटको अभावले चलेका छैनन । लामो समयदेखि जहाज नचलेको देखेपछि मन्त्री अधिकारीले चलगाउने भए किन खरिद गरेको ? भन्दै निगममा प्रश्न गरेका थिए । मन्त्रीले ब्रिफिङका क्रममा चिनिया जहाज जति सक्दो छिटो सुचारु गर्न निर्देशन दिएका थिए ।