बलात्कारी अभियुक्त शैलेश कार्की पक्राउ

 

चैत, ६ काठमाडौं—दरबारमार्ग बलात्कार प्रकरणका अभियुक्त शैलेश कार्की प्रहरीको पक्राउमा परेका छन् । सोमबार राती दरबारमार्गबाट महानगरि प्रहरी वृत्त दरबारमार्गले अभियुक्त शैलेशलाई पक्राउ गरेको हो ।

उनी रामेछाप दुरागाउ ३ घर भई धुम्बाराही बस्ने शैलेश कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएकोछ ।
माघ पहिलो साता ल्याण्डमार्क होटलमा शैलेश सहितको समुहले होटलमा एक युवतीको बलात्कार गरेका थिए ।