भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई करोड सकियो : समस्या भने उस्तै

चैत्र ५,काठमाडौं – महानगरपालिका भित्र भुस्याहा कुकुर व्यवस्थापनका नाममा दुई वर्ष भित्रमै करिब दुई करोड रुपैयाँ सकिएको छ । व्यवस्थापनका नाममा ठूलो रकम खर्च भए पनि भुस्याहा कुकुर आतंक भने घट्नुको सट्टा झन बढ्दो छ ।

पहिले देखि नै महानगरपालिकाले भुस्याहा कुकुर व्यवस्थापनका लागि बजेट छुट्याउने गरेको थियो । पुराना कार्यक्रम प्रभावकारी नभएको भन्दै दुई वर्ष अघि महानगरपालिकाले कुकुर व्यवस्थापन गर्न कार्यक्रम शुरु गरेको भएपनि अहिले समस्या जस्ताको तस्तै छ । कार्यक्रम प्रभावकारी नहुँदा दैनिक जसो कुकुरले टोकेका सयौं विरामी अस्पताल धाउन बाध्य छन् ।
नेपाल समाचारपत्रबाट