चिनिया राष्ट्रपति सी जिनपिङ अनन्तकाल सत्तामा रहने निर्णय

 

एजेन्सी—चिनिया संसदले अनन्तकाल सम्म चिनियां राष्ट्रपति सी जिनपिङ सत्तामा रहिरहन पाउने प्रस्ताव अनुमोदन गरेकोछ । शनिबार बिहान चिनिया संसदले यस्तो अनुमोदन गरेको हो ।

सीलाई दोस्रो पांच वर्षका कार्यकालका लागि सत्तामा रहन पाउने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । यस्तो अनुमोदन अनुसार राष्ट्रपति सी अनन्तकाल सम्म सत्तामा रहन सक्नेछ । कुनैपनि राष्ट्रपति दोस्रो कार्यकाल भन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था यस अघि गरिएको थियो । सीलाई माओपछिकै शक्तिशाली मानिन्छ । चिनिया समाचार एजेन्सी सिन्हवाका अनुसार यसै बिच शनिबारनै संसद बैठकले वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन गरेको छ ।