खुशीको खवर ‘लोडसेडिङ अन्त्य’

चैत्र ३, काठमाण्डौ—लामो समय देखि अध्यारोमा वस्न वाध्य नेपालीलाई नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भएको जनाकारी दिदै खुशी वनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा हाल दैनिक ३ घण्टा लोडसेडिङ भएपनि अन्य क्षेत्रमा भने लोडसेडिङ अन्त्य भएको जानकारी दिनु भएको हो ।
प्राविधिक कारणले कहिलेकाही विद्युत आपूर्ती प्रभावित भएको बाहेक अन्य समस्या नरहेको घिसिङको भनाई छ । हिउँद याममा विद्युत माग उच्च भएपनि व्यवस्थापन चुस्त बनाएकाले लोडसेडिङ नहुने उहाँको भनाई छ ।