घोडेजात्रा पर्व काठमाण्डौमा मनाइदै

चैत ३, काठमाडौं — चैत्र कृष्ण औँशीका दिन मनाइने घोडेजात्रा पर्व हरेक वर्ष जस्तै शनिबार काठमाडौं उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।

टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । यसवाट पीडित शहर बासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा ररेको जनविश्वास छ ।

इहि दुख हरणका कारण हरेक वर्ष चैत्र कृष्ण औँशीका दिन घोडेजात्रा गरी राक्षसको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ ।
आजको दिन जङ्गबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ । नेपाली सेनाका तर्फबाट टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।