फोरम पनि सरकारमा जाने तयारी : मन्त्रीपरिषद विस्तार तिब्र हुदै

चैत २, काठमाडौं—शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले योजना बनाएका छन् । मन्त्रिपरिषद विस्तारमा संघीय समाजवादी फोरमलाई समेत समेटिने तयारी भएकोछ । स्रोतकाअनुसार फोरम अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारि रहेका खुलेकोछ ।
मन्त्रालय टुंगो नलाग्दा अन्योल छ । फोरमले तीन मन्त्रालयको दावी गरेको छ । यद्यपी पाउने सम्भावना दुई मात्रै रहेकोदेखिन्छ । त्यस्तै, राजपालाई पनि सरकारमा ल्याउने प्रयास जारी छ । तर, राजपाले भने निर्णय गरेको छैन । फागुन ३ मा प्रधानमन्त्री बनेका ओलीको मन्त्रिपरिषद सात सदस्यीय रहेकोछ । १८ वम मन्त्रालयमा अझै ११ मन्त्री थप्नु पर्ने छ ।