दिनभरि अनुगमन : भेटिएन २० वर्ष नाघेको सवारी साधन

 

काठमाडौं—बिहिबारदेखि देशभर २० वर्ष पुराना सार्वजनिक सवारी साधन संचालनमा रोक लागेकोछ । सरकारले यस्तो नियम लागु गरेको हो । उपत्यकाको हकमा यो पुरानो निर्णय भएपनि प्रभावकारी रुपमा लागु हुन भने सकेको थिएन् ।
यतिबेला देशभर लागु गर्न सरकारले नियम कडा बनाएकोछ । यस संगै यातायात व्यवस्था विभागले अनुगमन टोली खटाएको थियो । थानकोटमा टाली खटाएपनि २० वर्ष पुराना गाडी फेला नपरेको विभागले जनाएकोेछ । दिनभरको अनुगमनमा पनि टोलीले २० वर्ष पुरानो गाडी नभेटेको अनुगमन टोलीले बताएकोछ ।
धुवा फाल्दै पुराना देखिने गाडी आएपनि काजगी रुपमा २० वर्ष ननाघेका गाडी अनुगमनमा भेटिए । सवारी चालकले उल्टै अनुगमन टोलीलाई आलोचना गरेका थिए । उनीहरुका अनुसार सडकको अवस्था खराब भएकाले २० वर्ष नभई ५ वर्षमै गाडी थोत्रो हुने भन्दै खिल्ली उडाएको अनुगमन टोली बताउछन् ।