सवारी साधन सुरक्षित गर्नु पर्नेमा वृहत जोड

फागुन, २७ राप्ती—शुक्रबादेखि राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायि समितिको ३७ औं साधारण सभा तथा १७ औं अधिवेशन सुरु भएकोछ । सुरक्षित र सहज यातायात सेवाका लागि सबै उत्तिकै जिम्मेवार हुनु पर्नेमा कार्यक्रमका सहभागीले विषया जोड दिएका थिए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले अधिवेशनको उद्घाटन गरेका थिए । हाल सम्म देशभर ६ लाख भन्दा बढी सार्वजनिक सवारी साधन रहेको पनि उनले जानकारी दिए ।