‘सगरमाथा पुगेर फेसबुक लाइभ गर्छौ । ’

काठमाडौ, इमेल खवर —पछिल्लो समय सगरमाथा आरोहणप्रति आकर्षण बढ्दो छ । यसै क्रममा पाँच महिला प्रत्रकारहरु पनि सगरमाथा आरोहणको तयारीमा जुटेका छन । रोशा बस्नेत, कल्पना महर्जन, रोजिता बुद्धचार्य, देउराली चामलिङ र प्रियालक्ष्मी कार्की यसै सम्दर्भमा बारम्बार संवाद गरिरहेका छन ।

शनीबार थापाथली स्थित मार्टिन चौतारीमा आह्वान संवाद गरिएको थियो । संवादमा प्रत्रकार देउराली चामलिङले तन,मन सबैबाट सगरमाथा आरोहणका लागि जुटेको बताइन । उनले भनिन‘ सगरमाथा बाट फर्किएपछि कम्तिमा एक जनालाइ ल्याउन सकियो भने त्यहि ठुलो उपलब्धि हुनेछ ।’

साहित्यकार तथा समालोचक अर्चना थापाको प्रश्नमा रोशा बस्नेतले  सगरमाथाकोे चुचोरोबाट फेसबुक लाइभ गर्ने बताइन । उनले भनिन ‘ हामी प्रत्रकार भएकाले त्यहाको सत्य, तथ्य दिप्नेछौ र त्यहाको वाताबरण बारे जानकारी दिनेछौ ।’

रंगमञ्च र प्रत्रकारितामा आबद्ध रोजिताले हिमाल चढ्ने बिषय सामान्य रुपमा लिए सहज हुने बताइन । एक सम्तानकी आमा समेत रहेकी कल्पनालाइ परिवारबाट सहमति लिन निकै गा्रहो परेको अनुभव सुनाइन । उनले भनिन ‘सगरमाथा आरोहणको तयारी सगै थुप्रै प्रश्नहरु आइरहेका छन । तर आफु सहि बाटोमा हिडे बिस्तारै सहज हुदै जाने बिश्वास लिएकी छु । ’ सानै उमेरदेखि नै सगरमाथा सपना देखेकी प्रियालक्ष्मी आफनो उदेश्य निर्धारण गरेको महसुस गर्छिन।

हिमाल चढ्ने महिला प्रत्रकारहरुलाई शुभकामना दिनका यो छलफल राखिएको आयोजक कुमारी लामाले बताइन । अर्चना थापासगै साहित्यकारद्धय कुमारी लामा र उमा सुवेदीको पहलमा दुइ महिनाको एकपटक महिला र अन्य समसामयीक बिषयमा छलफल हुदै आएको समेत कुमारीले जानकारी दिइन ।