सभामुख चयनका लागि शनिबार निर्वाचन (तालिका सहित)

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि शनिबार निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले सभामुख चयनका लागि मिति तय गरेको हो ।  संघीय संसद सचिवालयले बुधवार प्रतिनिधिसभाको सभामुखको निर्वाचन तालिका सार्वजनिक गरेको हो । मंगलबार बसेको संसद बैठकले सभामुख चयनका लागि मिति तय गरेको थियो । सभामुखको निर्वाचन सम्बन्धि निर्वाचन तालिका सभाका महासचिव मनोहनप्रसाद भट्टराईले सार्वजनिक गर्ने जेष्ठ सदस्यका हैसियतमा सभा संचालन गरिरहेका सभामुख महन्थ ठाकुरले घोषणा गरे । भट्टराईले मंगलबारनै सभामुखको निर्वाचन सम्बन्धि सम्पूर्ण तालिका सार्वजनिक गर्नेछन् । वाम गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले सभामुख पदमा उम्मेदवारी दिने तयारी छ । माओवादीबाट नेता कृष्णबहादुर महरा, देव गुरुङ, ओनसरी घर्ती, लेखराज भट्ट, अग्नी सापकोटा लगायतको चर्चा छ ।