संघीय संसदका ५ जनाले किन लिएनन् सपथ

फागुन २१, काठमाडौँ – निर्वाचित प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५६ सदस्यमध्ये आइतबार ५ जनाले सपथ लिएनन्।

प्रतिनिधिसभाका ४ र राष्ट्रियसभाका १ जना सपथ कार्यक्रममा अनुपस्थित भएका हुन्। ५९ सदस्य हुने राष्ट्रियसभाका ३ जनाको टुंगो लाग्न बाँकी छ।

आइतबार बेलुका साढे ४ बजे संघीय संसदको भवनमा आयोजित सपथ ग्रहणमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २ पार्टीका ४ जना अनुपस्थित भएका हुन्।

प्रतिनिधिसभाका सदस्य माओवादीका टोपबहादुर रायमाझी र धर्मशिला चापागाईँले सपथ लिएनन्। त्यस्तै, राजपाका रेशम चौधरी र महेन्द्र राय यादवले पनि सपथ कार्यक्रममा सहभागी भएनन्।

त्यस्तै राष्ट्रियसभाका रमेशप्रसाद यादव पनि सपथ कार्यक्रममा उपस्थित भएनन्।

संसद् सचिवालयका अनुसार कैलाली जेलमा रहेका राजपाका रेशम चौधरी, उमेर विवादमा परेका राजपाकै महेन्द्र यादव सपथ समारोहमा उपस्थित हुन सकेनन्। माओवादी केन्द्रका टोपबहादुर रायमाझी पितृशोकका कारण अनुपस्थित रहेभने माओवादी केन्द्रकै धर्मशिला चापागाईं मातृ शोकका कारण शपथ समारोहमा उपस्थित हुन सकिनन्।

प्रतिनिधिसभाका सदस्यहरुलाई जेष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका सदस्यहरुलाई जेष्ठ सदस्य तारा देवी भट्टले सपथ खुवाएका थिए।