सलमान नेपाल नआउने

इमेल खवर ,काठमाडौं फागुन १९—बलिउड अभिनेता सलमान खान नेपाल आउन कार्यक्रमले नेपाली दर्शकमा खुसी छाएको थियो । तर, यतिबेला भने सलमानका फ्यान फेरि दुखि हुने अवस्था आएकोछ ।
उनी कार्यक्रमका लागि नेपाल आउने बाचा क्यानसील भएकोछ । विप्लब समुहको चेतावनी कारण देखाउनै बलिउड सुपरस्टार सलमान नेपाल नआउने बताएका छन् । उनी दबंग द टुर कार्यक्रम १० मार्चमा काठमाडौमा हुन लागेको थियो । सोको ५ हजार टिकट पनि बिक्री भइसकेको अवस्था छ । यसले आयोजक समस्यामा परेको छ ।