झलनाथ खनाल राष्ट्रपति बन्ने लविङ गर्दै

फागुन १८ काठमाडौं—पुर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनाल आफु राष्ट्रपति बन्नु पर्ने लबिङमा लागि परेका छन् । हालै माधव नेपाल र बामदेव गौतम संग् आफ्नो पक्षमा लबिङ गर्न पुगेका खनाल बिहिबार बामदेव निकट स्थायी कमिटि सदस्य किरण गुरुङ समक्ष समेत अनुरोध गर्न पुगे ।
खनालले आफ्नो पक्षमा अभिमत सिर्जन गराएर आफु राष्ट्रपति बन्ने दाउमा ओलीलाई दबाव सिर्जना गरिरहेका छन् । यता पुर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपाल चाहि राष्ट्रपतिबारे कुनै प्रतिक्रिया दिएका छैनन । उनले राष्ट्रपति विद्यादेवी नै हुनेकी अर्को बनाउने विषयमा केहि धारणा राखेका छैनन । केपी ओली संग सामिप्य बढाउदै गएका माधव नेपालले झलनाथको पक्षमा पनि कुनै अभिव्यक्ति दिएका छैनन ।