यस्ता छन् ओलीका सारथि

काठमाडौं – सुशासन, स्थायित्व र विकासको नारासहित सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले सोमबार आफ्ना चार ‘सारथि’ नियुक्त गरेका छन्। ओलीले एमालेका दुई र माओवादीका दुई नेतालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गरेका हुन्।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमा रामबहादुर थापालाई गृह, डा. युवराज खतिवडालाई अर्थ, एमाले महासचिव ईश्वर पोखरेललाई रक्षा र माओवादी सचिवालय सदस्य मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्।

अर्थमा एमालेभित्रै पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्म आकांक्षी थिए। यी सबै ‘भेट्रान’ नेतालाई पाखा लगाउँदै डा.खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन्। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा राजनीतिमा भने परिचित अनुहार होइनन्। अर्थतन्त्र बुझेका डा. खतिवडा अर्थमन्त्री भएपछि अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास लिइएको छ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।