‘सी. ओ. डी.’ले ल्यायो गीत ”तिमीलाई ” भिडियो सहित

फागुन १४,काठमाडौं—नेपाली युवा र बिशेषगरी टीनेजर बीच लोकप्रिय रकपप ब्याण्ड ‘सी. ओ. डी.’ [क्रिउ अन डिस्टिनी] ले ४ बर्ष पछि नया गीत ”तिमीलाई ” सार्बजनिक गरेको छ । ‘सी. ओ. डी.’को  तेश्रो एल्बम ‘राइज /फेल’मा समाबेश उक्त गीतलाई ‘सुपरस्टार  इन्टरटेन्टमेन्ट’ले बजारमा ल्याएको हो ।  ”तिमीलाई ”को म्युजिक भिडियोलाइ  हङकङको रात्रीकालिन बजारमा छायांकन गरिएको छ ।
बिशेष गरी ब्याण्डका मुख्य क्रिउ विधान प्रधान स्टडीको लागी करिब ४ बर्ष नेपाल बाहिर रहुन परेकाले ब्याण्डको गीत संगीतको काम हुन नसकेको र अबभने  छिट्टै नै  ‘राइज /फेल’ एल्बममा समाबेश अन्य गीतको म्युजिक भिडियो निर्माणका कामहरु भैरहेको र यहि साल २०१८ भित्र करिब ५ वटा भिडियोहरु बजारमा आउने विधानले जानकारी  दिनुभयो  ‘सी. ओ. डी.’ का यस अघिका धेरै गीतहरु युवाहरु बीच लोकप्रिय हुदै आइरहेका छन्।
https://www.youtube.com/watch?v=YLSZgcIpr_c