राष्ट्रिय सभा सदस्य मनोनयनविरुद्ध रिट

काठमाडौ,१२ फागुन– राष्ट्रिय सभा सदस्यमा मनोनयनविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व सरकारले गरेका तीनजना सदस्यले शुक्रबार रिट दायर गरेका हुन् ।

राष्ट्रिय सभा सदस्यका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले सर्वोच्चमा रिट दायर गरेका हुन् । तीनैजनाले वर्तमान सरकारले मनोनयन गरेका राष्ट्रिय सभा सदस्य रोक्न माग गर्दै अन्तरिम आदेश माग गरेका छन् ।
देउवा सरकारले तीनैजनाको नाम २६ माघमा राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेर मनोनयनका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले सो सिफारिस कार्यान्वयन गरेका थिएनन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलाको सरकारले गरेको सिफारिस हटाएर राष्ट्रिय सभा सदस्यमा रामनारायण बिडारी, डा. युवराज खतिवडा र डा. विमला पौडेललाई संविधानको धारा ८६ (२) (ख) बमोजिम राष्ट्रिय सभामा मनोनयन गरिएको थियो । यो समाचार आजको नया प्रत्रिकामा छापिएको छ ।