अहिले सेयरमा लाभ दिन कठिन

फागुन, १२ काठमाडौं—नेप्से अहिले सम्मकै उच्च विन्दुबाट झन्डै २६ प्रतिशतले घटेकोछ । यसले अनुमान लगाउन सकिन्छ बजारको घट्ने प्रवृत्ति बढ्दोछ । यसअघि धेरैपटक प्रतिफल निकाल्न सहज थियो । किनभने त्यतिबेला १८ सय ८१ को उच्च विन्दुबाट बजार घटबढ हुने क्रम चलेको थियो । पछिल्लो समय भने सेयर बजारको सम्भावना घट्दै गएको छ ।
खास गरि बजार र सेयर मुल्य जति धेरै अन्तरले घटबढ हुन्छ, लागनी कर्ताले अल्पकालीन लाभ निकाल्ने अवस्था पनि उति नै बन्छ । गएको भदौ यता नेप्से परिसूचक अत्यन्त सानो अन्तरालले मात्रै उचारचढाव गरेको देखिन्छ । त्यसैले लाभ लिन कठिन छ । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालका अनुसार पहिले बढ्दो बजारमा जुनसुकै समयमा किनेर जतिखेरपनि सेयर बेच्दा लाभ लिने सम्भावना थियो भने अहिले त्यो नरहेको बताउछन् ।
संक्षिप्त साभार ः अनलाईन खबर