कांग्रेसको भविष्य उज्वल छ : शशांक कोइराला

फागुन ११, लमजुङ – कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको भविष्य उज्वल रहेको बताएका छन् । लमजुङको उदीपुरमा रहेको जनकल्याण माविको प्रांगणमा विद्यालयका संस्थापक एवं प्रजातन्त्रका सेनानी स्वर्गीय रोहिणीराज त्रिपाठीको अर्धकदको शालिक अनावरण गर्न नेता कोइराला यहाँ आएका थिए ।

‘नेपाली कांग्रेसको संगठन कमजोर छ, अब हाम्रो सम्पुर्ण ध्यान संगठन सुदृढीकरणमा केन्द्रीत हुन्छ, कांग्रेसले कार्यशैली, कार्यक्रम परिवर्तन गरेर अघि बढ्न सके कांग्रेसको भविष्य अझै उज्वल छ,’ उनले थपे ।

इतिहासको कालखण्डमा हरेक परिवर्तन कांग्रेसले मात्रै गरेको दाबी गर्दै नेता कोइरालाले भने, ‘इतिहासमा नयाँ कडी थप्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ, सबै एकतावद्ध भई अब पार्टीलाई बलियो बनाउनेतर्फ लाग्नु आवश्यक छ ।’ प्राविधिक शिक्षा सञ्चालन गर्ने पवित्र उद्धेश्यले विद्यालयले महायज्ञ सञ्चालन गरेकोमा उनले खुसी व्यक्त गर्दै महायज्ञको सफलताको कामना गरे ।
नयाँपत्रिकाबाट