मुलुकबाट केही लिनको लागि प्रधानमन्त्री बनेको होइन, केही दिनकै लागि बनेको हुँ : ओली

फागुन १०, काठमाडौं – प्रधानमन्त्री के.पी ओलीले मुलुकको समृद्धको लागि आफू प्रयत्नशील भइरहेको बताएका छन् । नयाँ सरकार गठनसँगै मुलुकमा समृद्धिको ढोका खुलेको छ’ प्रधानमन्त्री ओलीले बुधबार दहचोकस्थित कालु पाँडेको समाधिस्थल पुगेर भने, ‘मेरो हरेक पाइला विकासको बाटोमा हिड्नेछ । मुलुकको समृद्धिको लागि हुनेछ ।’

प्रधानमन्त्री ओलीले यस पटक पनि संझन लायक काम गर्ने बताए । ‘यो के.पी ओलीले मुलुकको लागि केही न केही गर्छ भन्ने सबैलाई विश्वास छ’ उनले भने, ‘यस पटक पनि यहाँहरुले संझन लायक केही न केही गरेर देखाउँछु । म मुलुकबाट केही लिनको लागि प्रधानमन्त्री बनेको होइन, केही न केही दिनकै लागि बनेको हुँ ।’ प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको प्राचीन गढी नियाल्दै त्यहाँ कालु पाँडेको पूर्णकदको शालिक स्थापना गर्ने घोषणा गरे । प्रधानमन्त्री ओलीले २ दिन भित्रै मन्त्रीमण्डल विस्तार हुने समेत जानकारी गराए ।
नेपाल समाचारपत्रबाट