आफैंले रोपेको बिरुवामा पानी हालेर ओली बालुवाटार छिरे

 

फागुन ७, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ निजी निवास बालकोटबाट प्रधानमन्त्री निवास बालुवाटारमा सरेका छन् । साँझपख बालुवाटार सरेका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा गतबर्ष साउन १९ गते आफू बहिर्गमन हुँदा समृद्धिको प्रतीकस्वरुप पीपलको वृक्ष रोपेका थिए । १९ महिना पछि सोही पीपलको बिरुवामा जल सिञ्चित गर्दै उनी बालुवाटार प्रवेश गरे ।

गत बिहीबार प्रधानमन्त्री बनेका ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवासबाट सरेपछि ओली सरकारी निवासमा गएका हुन् ।प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा प्रवेश गर्दा पार्टीका नेता, कार्यकर्ता तथा सरकारी कर्मचारीले स्वागत गरेका थिए ।
रासस