स्वयम्भू क्षेत्रमा रहेको सामुदायिक सेवा मञ्चद्वारा स्वर्ण सम्मान

काठमाडौँ – राजधानीको स्वयम्भू क्षेत्रमा रहेको सामुदायिक सेवा मञ्च, सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूले प्रहरी महानिरीक्षक श्री प्रकाश अर्यालको प्रमुख आतिथ्यमा स्वयम्भू रत्न सामुदायिक सेवा स्वर्ण पदक २०७४सम्मान नामक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा १५ बडाका समाजसेवी,सामुदायिक मञ्चलाई सहयोग गर्ने ब्यक्ति तथा संस्था, बाढिपिडित कोषमा सहयोग गर्ने दाता लगायतलाई सम्मान गरिएको छ।

स्वास्थ्य सेवा सबै स्तरका ब्यक्तिको पहुँचमा पुग्नपर्छ भन्ने सोचका साथ निस्वार्थ भावले थालनि गरेको सानो मेडिकललाई आजको सामुदायिक स्वास्थ्य सेवा परिषदको रुपमा पुर्‍याउन जिवन समर्पित गरे बापत समाजसेवी सुबर्णमान डंगोलको निर्माणयक समितिको सिफारिसमा स्व: श्री रत्ननारायण न्युजुवा सायमी लाई मरणोपरान्त बिशेष सम्मान गर्दै कामनपा १५ मा बिशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान स्वरूप हरेक बर्ष १ तोला सुनको तक्मा प्रदान गर्ने कार्यको थालनि समेत गरियो।

कार्यक्रममा समाजसेवी,राजनीतिज्ञ, नेपाली सेनाका,नेपाल प्रहरीका बिशिष्ट ब्यक्तिको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले भन्नुभयो “जिवन छदैं सम्मान गर्न पाएको भए उहाँलाई अझ प्रेरणा मिल्थ्यो” सम्मान पाउने सबैलाई बधाई दिदै समाजको प्रहरी प्रतिको बिस्वास गुमाउन नहुने जिकिर गर्दै काम र कर्तव्यको मामिलामा आफ्नो लक्षमण रेखा ननाघ्न निर्देशन दिनुभयो। केन्द्रका अध्यक्ष अमिन पाण्डेयले सभ्य सुरक्षित समाजको लागि सामुदायिक मञ्च अहोरात्र खटिन तयार रहेको बताउनुभयो।