स्थानीय निकायममा बैंक नहुदा सदरमुकाम धाउनु पर्ने बाध्यता

फागुन ६ काठमाडौं—वाणिज्य बैंकका शाखा नहुदा स्थानीय तहको सरकारी कारोबारमा समस्या सिर्जना भएकोछ । तेह्रुमको ६ वटा स्थानीय तह मध्ये, फेदाप र मेन्छ्यायेम गाउपालिकामा बैकका शाखा छैनन । जसले गर्दा सरकारी काम गर्न गाह्रो परेको स्थानीय बताउछन् । लालीगुरास नगपालिकामा माउण्ड मकालु डेभलेपमेन्ट बैंक छ ।
तर त्यस बैंकलाई सरकारी काम गर्ने अनुमपति छैन । सरकारी कारोबार गर्ने बैंक नहुदा सबै कर्मचरी र जनताले सास्ती खेप्नु परेको छ । स्थानीय निकायमा अधिकार हस्तान्तरण गरिएको भने पनि बैंक नभएपछि सदरमुकाम धाउनु परेका स्थानीय वासीको गुनासोछ । त्यहाका बासीहरु बैंकको कामका लागि घन्टौ कुर्नु पर्ने बाध्यता छ ।