प्रचण्ड भन्छन्, ‘धम्की र प्रलोभनले बाम गठबन्धन विथोलिदैन’

 

फागुन  ५, महोत्तरी—बामगठबन्धनलाई टुक्रयाउन विभिन्न प्रयास गरिएको माओावादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । उनले महोत्तरीमा आयोजीत एक कार्यक्रममा बोल्दै गठबन्धन टुक्राउन विभिन्न तत्वले धम्की र प्रलोभन समेत देखाउन थालेको दावी गरे ।
उनले गठबन्धन कुनै पनि हालतमा न फुक्ने जिकिर गर्दै यस्ता प्रलोभनमा नपरि दशेको सम्बृद्धि र विकासमा साथ दिन कार्यकतालाई अनुरोध गरे । उनले चलखेल र षणयन्त्रकारी भुमिकामा नपर्न समेत सचेत बनाए । पुर्व प्रधान मन्त्री समेत रहेका प्रचण्डले विकास समृद्धि र समाजवाद सम्म पुग्न सरकारलाई साथ दिनु पर्ने बताए ।