प्रदेश ७ मा मुख्यमन्त्री भट्टले लिए सपथ

फागुन ५, धनगढी—७ प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले सपथ लिएका छन् । साथै सात सदस्यीय सरकार गठन समेत भएकोछ । भट्ट माओवादीबाट मुख्यमन्त्री बनेका हुन् । उनले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष पद गोपनीयताको सपथ लिएका थिए । यस संगै ६ मन्त्रीले सपथ लिएका थिए ।
जसमा एमालेका चार माओवादीका दुई मन्त्री बनेका छन् । प्रदेश सरकारमा गृह(आन्तरिक मामिला ततथा कानुन) मन्त्रीमा एमाले संसदीय दलका नेता प्रकाश शाह बनेका छन् । त्यस्तै, मुख्यमन्त्रीका दावेदार माओवादी झपट बोहरा अर्थ मन्त्रालयमा जिम्मेवारी पाएका ह्नु ।