ओलीलाई मोदीको सन्देश – स्वागत गर्न आतुर छु

काठमाडौ,फागुन ६ – प्रधानमन्त्री केपी ओलीलाई छिमेकी मुलुकहरु भारत, चीन तथा सार्क सदस्य मुलुक पाकिस्तान एवं बंगलादेशका समकक्षीले बधाई पठाएका छन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बिहीबार राति फोनमा र राजदूत मंजीवसिंह पुरीमार्फत चिठी पठाएर बधाई दिएका छन । ओली सांसद निर्वा्चित भएयता तीनपटक टेलिफोनमा र एकपटक चिठी पठाएर मोदीले बधाई दिएका छन।

मोदीले बिहीबार राति १०ः३० बजे प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर बधाई दिएका थिए । मोदीलगत्तै भारतका विदेशमन्त्री सुष्मा स्वराजले पनि ओलीलाई टेलिफोन गरेर बधाई दिएकी छन। मोदीको विशेष दूतका रूपमा विदेशमन्त्री स्वराज १८ माघमा काठमाडौं आएर त्यही साँझ ओलीसँग रात्रीभोजसहित भेटवार्ता गरेकी थिइन।