आज एमाले र माओवादीका शिर्ष नेता बैठक बस्ने

फागुन, ४ काठमाडौं—एमाले र माओवादीका शिर्ष नेताहरु शुक्रबार बैठक बस्दैछन् । पार्टी एकताको टुंगो लगाउन उनीहरु बैठक बस्ने भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली बिहिबार प्रधानमन्त्री नियुक्त भएका कारण बिहिबार बैठक बस्न मिलेन । त्यसैले शुक्रबार बसिएको हो ।
कहा र कुन समय बैठक बस्ने विषय भने खुलेको छैन । तर, बैठकले आज नै पार्टी एकताको ठोस निस्कर्ष निकाल्ने निधो गरेको माओवाी केन्द्रकी प्रवत्ता पम्फा भुसालले बताएकी छन् । एमाले र माओवादी पदीय भागवण्डामा अझै कुरो नमिलेको बताउदै माओवादी केन्द्रका नेताहरुले नमिले सम्म सरकारमा सहभागी नहुने अडान राखेका छन् ।