बुटवलको प्लास्टीक कम्पनीमा आगोलागी

फागुन २ काठमाडौं—बुटवलको संगमपथस्थित युनाइटेड प्लास्टीक इन्डस्ट्रिज प्रालिको गोदाममा आगोलागी भएकोछ । जसले गर्दा अझन्डै २ करोड बराबरको धन क्षति भएकोछ । सबै सामान जलेर नस्ट भएका छन् । संचालक जीवन गौतमका अनुसार २ करोड बराबरको क्षति भएको बताएका छन् ।
उनका अनुसार आगो नियन्त्रण गर्न चार वटा दमकल प्रयोगमा ल्याइएको थियो । पानी नपुगेर अन्यत्रबाट समेत ल्याउनु परेको जीवनले बताए । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाईएको थियो ।