आयोगले बुझायो राष्ट्रपति समक्ष निर्वाचन परिणाम प्रतिवेदन

 

माघ २८, काठमाडौं— निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव सहितको प्रतिनिधिमण्डलले राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभा निर्वाचन अध्यादेश, २०७४ को दफा ५९ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।