माघ २५, काठमाडौँ – नेपाली सेनाले रिक्त रहेको अधिकृत क्याडेट भर्नाका लागि यस बर्ष दुईपटक भर्ना आह्वान गर्दा पनि माग गरेको संख्या पूर्ति गर्न सकेन ।
मुलुकभर शैक्षिक बेरोजगारको संख्या बढ्दै गएको भन्दै विभिन्न क्षेत्रबमट राज्य सञ्चालकका लागि प्रश्नचिन्ह खडा गर्ने गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
नेपाली सेनाले यस बर्ष भदौ २७ र पुष ९ गते १ सय ५० जना अधिकृत क्याडेटका लागि भर्ना आह्वान गरे पनि जम्मा ९ जना मात्रै सहायक सेनानीमा छानिएका छन् ।
सेनाको कार्यरथी विभागको भर्ना छनोट निर्देशनालयले दुई पटक रिक्त दरबन्दी पूर्तिका लागि भर्ना आह्वान गरेको थियो ।
दुवैपटक भर्नाका लागि ५ हजारभन्दा बढी परीक्षार्थी परीक्षामा सामेल भए पनि लिखित परीक्षामा जम्मा १८ जनाले मात्रै उत्तीर्ण गरेको सेनाको रेकर्डमा देखिन्छ ।
अन्य सुरक्षा निकायमा बेला बेलामा हुने भर्ना छनोट आह्वान गर्दा सेनामा भन्दा कम सहभागीले दर्खास्त दिने गरेको पाइन्छ ।