ओलीको अडान : पार्टी अध्यक्ष र सरकारको नेतृत्व एउटै व्यक्तिमा हुनु पर्छ

माघ, २३ काठमाडौं—पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिले गर्नु पर्ने अडान एमाले अध्यक्ष केपी ओलीले राख्दै आएका छन् । प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एउटा पदमा प्रचण्ड हुनु पर्ने पुर्व समहमति भएको भएपनि यतिबेला ओलीले यो वचनमा मुख मोडेका छन् । माओवादी नेताहरुको टिप्पणी अनुसार प्रचण्डलाई अध्यक्ष वा प्रधानमन्त्री एउटा पदमा राखिनु पर्ने जिकिर गरेका छन् ।
यता ओली भने महाधिवेसपछि मात्रै पार्टीको अध्यक्ष टुंगो लाग्ने बताएका छन् । देशको नेतृत्व र पार्टी अध्यक्ष एउटै व्यक्ति हुनु पर्ने धारणा एमाले महासचिव इश्वर पोखरेलले राखेका थिए । जसमा ओली पनि त्यहि मार्गमा देखिएका छन् । ओली र प्रचण्डबिच केहि साता अघि वान टु वान वार्ता भएको थियो ।