लाइसेन्स बनाइदिने भन्दै १० हजार घुस लिएका खरिदार पक्राउ

माघ २३, काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले १० हजार घुस सहित यातायात कार्यालयका खरिदार यामबहादुर केसीलाई पक्राउ गरेको छ । महाशाखाले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ट्रायलका लागि खटिएका खरिदार केसीलाई घुस सहित नेशनल ट्रेडिङ लिमिटेड बग्गीखानाबाट पक्राउ गरको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले खरिदार केसीले भक्तपुरका सुनिल गोर्खालीलाई सवारी अनुमतिपत्र उपलब्ध गराउने भन्दै घुस लिई दुईपटक ट्रायल दिन लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । गोर्खालीले हेवी सवारी साधनको लाइसेन्स लिनका लागि केसीलाई १० हजार बुझाएका थिए ।
रासस