इटहरी बलात्कार प्रकरणमा एसपी समेत तानिए

माघ २१, इटहरी—जिल्ला प्रहरी कार्यलय सुनसरका एसपी विद्यानन्द माझी समेत इटहरी बलात्कार घटना प्रकरणमा तानिएका छन् । बलात्कारको घटनालाई मिलापत्र गरिएको अभियोगमा उनलाई प्रहरीले गठन गरेको छानबिन समीतिले यस्तो गरेको हो । छानविन घेरामा राखिएको छ ।
इलाका प्रहरी कार्यलयमा प्रहरी निरीक्षक मात्र र अञ्चल प्रहरी प्रमुखको भुमिकामा रहेका बेला बलात्कारको मिलापत्र भएको हो । उनले पीडित बाट उजुरी नआएकाले मुद्धा अघि सार्ने अवस्था नरहेको बताउदै आएका छन् । माझी यतिबेला चाहि चार दिनको विदामा रहेका छन् ।