प्रकृती दाहाल–
काठमाडौ –हस्तकला सिर्जनामा मेहनत धेरै गर्नु पर्छ । त्यसैले यसको मुल्य बजारमा महंगो पर्न जान्छ । तर, सस्तो खोजी गर्नेहरु हस्तकलाका सामाग्री प्रति रुचि देखाउदैनन् ।
बजारमा बासबाट निर्माण गरिएका सामाग्रीहरुको रेष्टुरेन्ट, कफि सप, घर सजावटका लागि प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय हस्तकलाको व्यापार घटेको व्यबसायीहरु बताउछन ।
ललितपुर स्थित कुपन्डोल मा बासबाट निर्मित सामाग्रीहरुको करिब चार बर्षदेखि व्यापार गरिरहेका छन सुनिल रावत । युवा अवस्थाबाट यस व्यबसायको अनुभव बटुलेका रावतले यहि व्यबसायलाइ नै आफनो व्यबसायको रुपमा लिए । सुनसान पसलमा गा्रहक कुर्दै गरेका उनि पहिलो जस्तो व्यापार नभएको बताउछन । ४ बर्ष अघि मात्रै पसल खोल्दा उनको निकै व्यापार हुने गर्थो । अहिलेको समयमा भने मानिसहरुलाई यस्ता सामाग्रीको रुचि घट्दै गएको उनि बताउछन ।
कच्चापदार्थ समेत बिदेशबाट ल्याउनुपर्ने र यहा निर्माण गरेर बिक्री गनुपर्दा महगो हुने गरेको उनको भनाइ छ । उनी भन्छन ‘महगो हुने गरेकाले पनि मानिसहरुको सस्तो चाइनिज सामानप्रति आकर्षण बढ्दै गएको छ ।’ विशेषगरि उनका पसलमा बासबाट निर्मित डोको, डाली, कोक्रो, सोफा जस्ता सामानहरु राखिएका छन ।
विष्णु अधिकारीले पुखौली व्यबसायलाई निरन्तरता दिइरहेकी छन् । करिब २० बर्ष देखि उनको परिवार यसै पेशामा आवद्ध छ । उनि भने करिब ४ बर्ष देखि यस पेशामा लागिन । बासबाट निर्माण गर्ने सामाग्रीहरुको कारखाना समेत सञ्चालन गरेको छ उनको परिवारले । सातदोबाटो कारखानामा उत्पादन हुने सामानहरुलाई देशका बिभिन्न ठाउमा पुग्ने गरेको छ । पहिलेको जस्तो सामाग्रीको माग नभएको उनी बताउछिन । कहिलेकाहि त २ — ३ दिन सम्म पनि पसलमा कोहि ग्राहक नआउने र घाम तापेर दिन बिताउनुपर्ने बाध्यता छ उनको । यस्ता सामान भनेको खाद्य सामान होइन एक पल्ट किनेपछि बर्षौलाई हुने गर्छ ।