को – को भए राष्ट्रियसभामा २४ जना निर्विरोध ?

माघ १६, काठमाडौं -संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा २४ जना निर्विरोध निर्वाचित भएका छन् ।

५९ सदस्यीय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।

निर्वाचन प्रक्रियाबाट चयन हुुने ५६ सांसदमध्ये अब ३२ सिटमा मात्र चुनावी प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २४ मा तोकिएको छ । माघ १० गते उम्मेदवारी मनोनयन गरिएको थियो । त्यस दिन ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको थियो ।

त्यसमध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारमाथिको दाबीविरोध तथा फिर्तालगायत प्रक्रिया सोमबार टुंगिएपछि आयोगले निर्विरोध निर्वाचित भएकाहरूको नामावली तथा बाँकी सिटका लागि प्रतिस्पर्धी उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।