बिल आउँछ, पानी आउँदैन, पारस शाहकोमा पनि उस्तै !

 

माघ १४ , काठमाडौं – उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो।

१३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरे। पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो। त्यसपछि खानेपानी कार्यालयमा धारो जोडिदिन निवेदन दिएका थियौ धारो त जोडियो तर एक थोपा पानी कहिल्यै झरेन।’

वर्षौंदेखि कुनै जानकारी नदिई एकैपटक यति धेरै महसुल पठाएकोमा पौडेल आश्चर्यचकित भएका छन्।

उनले पानी कहिल्यै नछोडिएको हुँदा यो रकम मिनाहा गराइपाऊँ भनी खानेपानी कार्यालय ललितपुरमा पत्राचार गरेको तर जवाफ नआएको जानकारी दिए।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

पारस शाहकोमा पनि उस्तै
तीन वर्षदेखि धापाखेल हाइटमा बस्दै आएका अन्तिम युवराज पारस शाहको आवासमा पनि खानेपानीको उही हालत छ। उनी बस्ने घरमा धारो छ तर पानी खस्दैन। उनको आवासनजिकै बस्ने एक स्थानीयका अनुसार पारस सधैं ट्यांकरको पानी किनेर खाइरहेका छन्। ‘शाहको घरमा दुई–तीन दिन बिराएर खानेपानीको ट्यांकर भित्रिएको देखिन्छ।