धनुषामा टाटा सुमो दुर्घटनामा, ६ जनाको मृत्यु

माघ १३, काठमाडौ – काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासुमो शनिबार बिहान २ बजे दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । तीब्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर धनुषाको गणेशमान चारधाम नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गको पोर्ताहामा दुर्घटना हो ।
दुर्घटनामा संखुवासभाको धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जीवी, विराटनगर– ४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रल्हाद न्यौपाने, मोरङको लेटाङ– ८ का खेमकुमार राना मगर र पाँचथरको रवि गाउँपालिका– ६ का प्रनिता राईको मृत्यु भएको कान्तिपुर दैनिकमा उल्लेख छ।
दुर्घटनामा घाइते ५ जनाको भने उद्दार गरिएको छ ।